उच्च अदालत तोडफोड तथा आगजनीमा संलग्न ६ जना पक्राउ

बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार उनीहरुविरुद्ध अपराधिक उपद्रवसम्बन्धी कसुरमा जाहेरी परेको थियो ।

मंसिर ४, २०८२

रूपा गहतराज

Six arrested in connection with vandalism and arson at High Court

नेपालगन्ज — बाँके प्रहरीले भदौ २४ को जेन–जी आन्दोलनका क्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा तोडफोडका साथै आगजनी र लुटपाट गर्ने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

उच्च अदालतमा तोडफोड, आगजनी र लुटपाट कार्यमा संलग्न नेपालगन्ज-४ का रविकुमार वैश्य र एसनराज सिद्दिकी, नेपालगन्ज- ९ का गंगासागर वर्मा र ओमराज सोनी, नेपालगन्ज-५ का मो. ताहिर हल्वाई र नेपालगन्ज-१० का बब्लु गोडियालाई पक्राउ गरिएको हो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार उनीहरुविरुद्ध अपराधिक उपद्रवसम्बन्धी कसुरमा जाहेरी परेको थियो । बाँके प्रहरीले उनीहरुलाई अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

रूपा

Link copied successfully