भुवनपोखरीको दमारखोलाबाट पराल बोकेर गाउँ जाने क्रममा लु १ त ३३२ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय बासिन्दा ६५ वर्षीय मानबहादुर गाहाको मृत्यु भएको छ ।
पाल्पा — पराल बोकेको ट्र्याक्टर पाल्पाको रैनादेवी छहरा–३ भुवनपोखरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भुवनपोखरीको दमारखोलाबाट पराल बोकेर गाउँ जाने क्रममा लु १ त ३३२ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय बासिन्दा ६५ वर्षीय मानबहादुर गाहाको मृत्यु भएको छ । गाहाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही स्थानका ५८ वर्षीय गोपीबहादुर राजकोटी रहेको वडाध्यक्ष प्रदीप पौडेलले जानकारी दिए । उनको खुट्टामा चोट लागेको उनले बताए । ट्र्याक्टर दुर्घटनाको कारण खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय मुझुङ्का अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । दुर्घटनामा ट्र्याक्टर चालक मीनबहादुर बुढाथोकी सकुशल रहेको प्रहरीले जनाएको छ ।
