कार पुलबाट खस्दा बाबुको मृत्यु, छोरा घाइते

गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा जिल्ला अस्पताल पृथ्वीचन्द्र परासीमा मृत्यु भएको हो ।

मंसिर १, २०८२

नवीन पौडेल

Father dies, son injured after car falls off bridge

परासी — पश्चिम नवलपरासीको सुनवलमा बाबु-छाेरा सवार कार दुर्घटना हुँदा बाबुकाे मृत्यु भएको छ भने छाेरा घाइते छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्घाखाँची पाणिनी गाउँपालिका-६ का ८० वर्षीय मणिराम पौडेलको जिल्ला अस्पताल पृथ्वीचन्द्र परासीमा मृत्यु भएको हो ।

बुटवलबाट बर्दघाटतर्फ गइरहेकाे प्रदेश नम्बर ३–०१–०२३ च ५०७५ नम्बरको कार साेमबार दिउँसाे १ बजेतिर पूर्वपश्चिम राजमार्ग अर्न्तगत सुनवल नगरपालिका–१३ सूर्यबस्तीमा अनियन्त्रित भएर पुलबाट खसेकाे थियाे ।

बाबु–छोरा मात्रै सवार रहेको कारमा मृतक पौडेलका छोरा कारचालक ४३ वर्षीय हरिशचन्द्र घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully