दाङमा आगजनी र लुटपाट आरोपमा थप दुई पक्राउ

भदाै २४ काे प्रदर्शनका क्रममा दाङमा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा हालसम्म २४ जना पक्राउ परेका छन् ।

कार्तिक ३०, २०८२

दुर्गालाल केसी

Two more arrested on charges of arson and robbery in Dang

दाङ — भदाै २४ काे प्रदर्शनका क्रममा जिल्ला सरकारी वकिल कार्यालय घोराहीमा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले आइतबार थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८, का २४ बर्षीय सञ्जित घर्ती मगर र पाल्पाको माथागढी गाउँपालिका–४ झडेवाका १८ बर्षीय बिशाल नेपाली  रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।

उनीहरुलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थुनामा राखेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

उनीहरुसहित हालसम्म प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा जिल्लामा २४ जना पक्राउ परिसकेका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully