लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौं अधिवेशन आह्वान

मंसिर ८ गते अपराह्न १ का लागि प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन् ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Lumbini Province Chief calls for seventh convention

लुम्बिनी — लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयमा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् ।

कान्तिपुर

Link copied successfully