हालसम्म आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा दाङबाट २० जना पक्राउ परिसकेका छन् ।
दाङ — जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न अवस्थाका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरमा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१०, उत्तर अमराईका ३४ वर्षीय रमेश चौधरी छन् । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थुनामा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।
चौधरीसहित हालसम्म आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा जिल्लामा २० जना पक्राउ परिसकेका छन् ।
