गुल्मीदरबार गाउँपालिका–१ बलिथुम बोटे माझी गाउँकी ५० वर्षीया दिलकुमारी बोटे माझीको शव स्थानीय ‘बोक्से रह’ भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
गुल्मी — गुल्मीमा दुई दिनदेखि बेपत्ता एक महिला मृत फेला परेकी छन्। गुल्मीदरबार गाउँपालिका–१ बलिथुम बोटे माझी गाउँकी ५० वर्षीया दिलकुमारी बोटे माझीको शव स्थानीय ‘बोक्से रह’ भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
सारुका अनुसार मृतक दिलकुमारी दुई दिनअघिदेखि घरबाट बेपत्ता थिइन्। खोजतलासका क्रममा आइतबार बिहान उनको शव भीरमुनी भेटिएको हो। शव पोस्टमार्टमका लागि तम्घासस्थित अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा स्थानीय प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले अनुसन्धान थालेको छ।
