बिलबिनाका कपडा नियन्त्रणमा

यात्रुवाहक सवारी साधनको छत र डिक्कीमा लुकाइ ल्याउँदै गरेका ८५ सेट कुर्तासुरुवाल नियन्त्रणमा

कार्तिक २३, २०८२

दुर्गालाल केसी

Control of unwashed clothes

काठमाडौँ — प्रहरीले बिल बीजकबिनाका कपडा नियन्त्रणमा लिएको छ ।

लमही नगरपालिका-९ अमिलिया नजिक शुक्रबार सवारी साधन जाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका यात्रुवाहक सवारी साधनको छत र डिक्कीमा लुकाइ ल्याउँदै गरेका ८५ सेट कुर्तासुरुवाल नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

२ लाख १२ हजार ५ सय रुपयाँबराबरको उक्त कपडा थप अनुसधानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully