कम्पाइनको ठक्करबाट साइकलयात्रीको मृत्यु

घटना भएको खबर पाएपछि घटनास्थलतर्फ गइरहेका गेरुवा गाउँपालिका–२ का वडा अध्यक्ष कृष्ण थारुले जानकारी दिए ।

कार्तिक १९, २०८२

रामप्रसाद चौहान 

Cyclist dies after being hit by a pickup truck

बर्दिया — धान काट्ने कम्पाइनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–२ राजीपुरका करिब ७१ वर्षीय तारासिंह हमाल बुधबार दिउँसो कम्पाइनको ठक्करबाट मृत्यु भएको हो ।

घटना भएको खबर पाएपछि घटनास्थलतर्फ गइरहेका गेरुवा गाउँपालिका–२ का वडा अध्यक्ष कृष्ण थारुले जानकारी दिए ।

गेरुवा गाउँपालिका–२ को पाताभार पक्की सडक खण्डमा धान काटेर फकिंदै गरेको कम्पाइनले दिउँसो साढे २ बजे साइकलमा सवार हमाललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकीले बताए।

‘दुर्घटनामा घाइते भएका हमाललाई उपचारका लागि राजापुर नगर अस्पतालमा तत्काल पुर्‍याइएको थियो,’ प्रहरी निरीक्षक बुढाथोकीले भने, ‘उपचारको क्रममा उहाँको मृत्यु भएको खबर प्राप्त भएको छ।’

कम्पाइन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully