यो खण्डमा राजमार्ग ढलान गर्ने भनेर भत्काएर छोडेको ७ वर्षसम्म पनि राजमार्गमा ढलानको काम नभएका कारण यात्रुले सधैं हैरानी बेहोर्दै आएका छन् ।
नवलपरासी — चार दिन देखिको वर्षाले दाउन्नेको हिलाम्य सडकमा आलोपालो यातायात सञ्चालन भइरहेको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाले आइतबार पनि दाउन्ने सडक चिप्लो भएका कारण अहिले पालैपालो गाडी आउजाउ गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
दुम्कीवासबाट करिब ४ किलोमिटर ध्युखोला र ६५ मोड भन्ने स्थानमा गाडी फसेको फस्यै गरेका कारण यहाँ दोहोरो यातायात सञ्चालन हुन सकेको छैन । २४ सै घण्टा प्रहरीको काम फसेका गाडी निकाल्नमै बित्ने गरेको छ ।
गत ७ वर्षदेखि दाउन्नेको अवस्था सधैं यस्तै छ । सामान्य वर्षा हुनासाथ हिलोमा गाडी फसेर आउजाउ गर्न समस्या हुन्छ । राजमार्ग फराकिलो बनाउने जिम्मेवारी पाएको चाइना स्टेट इन्जिनियरिङ्ग कर्पोरेशनले काम नगर्दा दैनिक हजारौं यात्रुले सास्ती भोग्दै आएका छन् ।
महेन्द्र राजमार्ग अन्तर्तगत पूर्व नवलपरासीको दुम्कीवास र पश्चिम नवलपरासीको बर्दघाट बीचमा पर्ने १४ किलोमिटर सडकमध्ये करिब ५ किलोमिटर सडक पक्की भइसकेको छ ।
यो खण्डमा राजमार्ग ढलान गर्ने भनेर भत्काएर छोडेको ७ वर्षसम्म पनि राजमार्गमा ढलानको काम नभएका कारण यात्रुले सधैं हैरानी बेहोर्दै आएका छन् ।
महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडकमा दैनिक १८ हजार भन्दा धेरै गाडी ओहोरदोहार गर्ने ट्राफिक प्रहरीको तथ्यांक छ । झरीले गत चारदिन यता दाउन्नेको ९ किलोमिटर सडक वारपार गर्न २, ३ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ ।
