बाँके अदालतको सेवा दुई कोठाबाट

आगजनीका कारण पूर्ण रूपमा जलेको अदालतले दुई/तीन कोठाबाट अहिले सेवा सञ्चालन गरिरहेको छ ।

कार्तिक १५, २०८२

रुपा गहतराज

Banke court service from two rooms

नेपालगञ्ज — भदौ २४ मा आगजनीमा पूर्ण क्षति भएको जिल्ला अदालत बाँकेले आफ्नो सेवा आंशिक रूपमा मात्र सञ्चालन गरेको छ ।

आगजनीका कारण पूर्ण रूपमा जलेको अदालतले दुई/तीन कोठाबाट अहिले सेवा सञ्चालन गरिरहेको हो ।

स्राेतसाधन अभावले अदालत  पूर्ण रूपमा सञ्चालन हुन नसकेको सूचना अधिकारी तीर्थराज आचार्यले जानकारी दिए । ‘अदालतका कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायतका सम्पूर्ण उपकरण जलेपछि काम गर्न असजिलो भएको छ,’ उनले भने, ‘प्राविधिक टोली आएर अध्ययन गरिसकेपछि कहाँबाट कसरी सेवा सुचारु गर्ने भन्ने विषयमा निर्णय लिन सकिनेछ ।’

अदालतमा अहिले ७ सय ७० वटा मुद्दाका मिसिल मात्र सुरक्षित रहेको उनले बताए । अदालतमा दुई/तीन वटा इजलास कक्ष पालैपालो सञ्चालनमा ल्याइएको उनले सुनाए । 

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully