अर्घाखाँचीमा जिप दुर्घटना हुँदा आठ जना घाइते

सन्धिखर्कबाट असुरकोटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Eight injured in jeep accident in Arghakhanchi

अर्घाखाँची — सन्धिखर्कबाट असुरकोटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका-६ असुरकोटमा लु १ ज १७०६ नम्बरको जिप ब्रेक फेल हुँदा सडकबाट डेढसय मिटर तल खसेको थियो । जिपमा सवार ११ जना यात्रु मध्ये ८ जना घाइते भएको अर्घाखाँची प्रहरीले जनाएको छ । 

घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

कान्तिपुर

Link copied successfully