ट्याक्टरको ब्रेक फेल भएपछि हाम फाल्दा सहचालकको मृत्यु

प्रहरीका अनुसार, गएराति १ बजे आसपासमा ट्याक्टरको ब्रेक फेल भएको हो । ब्रेक फेल भएपछि चालकले सहचालकलाई गाडीबाट बाटोमा झर्न भनेका थिए ।

कार्तिक ९, २०८२

सन्तोष महतारा

Co-driver dies after jumping off tractor after brakes fail

गुल्मी — ट्याक्टरको ब्रेक फेल भएपछि हाम फाल्दा सहचालकको मृत्यु भएको छ ।

मदाने गाउँपालिका-१ अग्लुङ्गमा अग्लुङ्गफेदीदेखि पैयाँपाटा जाँदै गरेको रा १ त ३५०२ नम्बरको ट्याक्टरको ब्रेक फेल हुँदा हाम फालेका  सहचालक १९ वर्षीय मेघराज पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार, गएराति १ बजे आसपासमा ट्याक्टरको ब्रेक फेल भएको हो । ब्रेक फेल भएपछि चालकले सहचालकलाई गाडीबाट बाटोमा झर्न भनेका थिए । सहचालक आत्तिएर हाम फाल्दा सडक छेउबाट उछिट्टिएर खोलामा खसेका थिए ।

चालक निमन चन्दले चलाएको ट्याक्टर बालुवा बोकेको थियो । उकालोमा लोड तान्न नसक्दा ब्रेक फेल भएपछि सहचालक हामी फालेका थिए । जसक्रममा उनी सडकबाट ५ सय मिटर तल खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर भने सडक छेउमै अडिएको थियो । 

चालकले ब्रेक फेल भन्नासाथ सहचालकले हाम फालेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए । प्रहरीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धान गरिरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । 

सन्तोष महतारा

Link copied successfully