अर्घाखाँचीको छत्रदेवमा जिप दुर्घटना हुँदा ९ जना घाइते

९ जना घाइतेमध्ये दुई जना सख्त घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

कार्तिक ८, २०८२

वीरेन्द्र केसी

9 injured in jeep accident in Chhatradev, Arghakhanchi

अर्घाखाँची — छत्रदेव गाउँपालिका–५ डाँडाचौपारीबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु १ ज ४३५२ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उनीहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा १५ जना सवार थिए । जसमध्ये ९ जना घाइते छन् । दुई जनाको अवस्था गम्भीर प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए । यसरी गम्भीर घाइते हुनेमा पाणिनि गाउँपालिका-८ पाली बस्ने चालक वर्ष २७ का बेलबहादुर मुखिया र मालारानी गाउँपालिका- १ बस्ने वर्ष ७० का भोजराज भुसाल रहेका छन् । 

सबै घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भएको छ । 

वीरेन्द्र केसी

Link copied successfully