दाङमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ सिङ्गे खोलाका ६६ बर्षीय रामप्रसाद भट्टराई रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

कार्तिक ७, २०८२

दुर्गालाल केसी

Pedestrian dies after being hit by bus in Dang

दाङ — लमहीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ सिङ्गे खोलाका ६६ बर्षीय रामप्रसाद भट्टराई रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

लमही नगरपालिका–५ लमहीस्थित दिदीको घरबाट तिहारको टीका थापेर घर फर्किने क्रममा बिहिबार अपरान्ह पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले भट्टराईलाई ठक्कर दिएको थियो ।

बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully