तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ७७ प ४५०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको हो ।
पाल्पा — कालीगण्डकी करिडोर सडकअन्तर्गत पिपलडाँडा–रामपुर खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ७७ प ४५०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको हो । दुर्घटनामा लु १३ प ८६३५ नम्बरको मोटरसाइकल पछाडि सवार पाल्पाको बगनासकाली गाउँपालिका–९, चापपानीका २८ वर्षीय अर्जुन बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बिकलाई स्थानीय र प्रहरीले रामपुर अस्पतालमा उपचारका लागि लगेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार घाइते बिकलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
रामपुर नगरपालिका–७, तुरुन्दीखोला नजिक भएको दुर्घटनामा बगनासकाली–९, चापपानीका ५१ वर्षीय विष्णुप्रसाद बिक, लु ७७ प ४५०५ मोटरसाइकल चालक स्याङ्जा चापाकोट नगरपालिका–९, बस्ने विवेक भट्टराई, सोही मोटरसाइकलको पछाडि बसेका रुपन्देही तिलोत्तमा नगरपालिका–५, मणिग्रामका २८ वर्षीय दिपक पाण्डे घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
