उनीहरूको साथबाट ८७ हजार ९ सय ८५ रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
दाङ — जुवा खेलेको आरोपमा बिहीबार राति घोराहीमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरस्थित राजेश कुवरको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट ८७ हजार ९ सय ८५ रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्र बहादुर शाहले जानकारी दिए । पक्राउ परेका सबै व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान गरिरहेको शाहले बताए ।
