आगलागीबाट घरमा भएका अन्नपात, भाडाकुँडा र लुगाफाटो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
गुल्मी — विद्युत्को तार सर्ट हुँदा घरमा आगलागी भएको छ । रेसुंगा नगरपालिका-४ अर्खलेका इश्वरीप्रसाद भण्डारीका तीन तले ढुंगा माटोले बनेको कच्ची घर जलेर नष्ट भएको हो ।
आगलागीबाट घरमा भएका अन्नपात, भाडाकुँडा र लुगाफाटो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए । सोही आगलागीबाट छिमेकी पक्की घरमा माथिल्लो तलामा जस्ताको छाएको दुई कोठामा पनि क्षति भएको छ ।
साथै रुरुक्षेत्र गाउँपालिका-१ सातमुरेमा दामुधर ज्ञवालीको लु १ ख ६११४ नम्बरको रोकेको बस गुडेर पल्टिँदा बस र गोठमा क्षति भएको छ ।
सडकबाट बस तल खस्दा स्थानीय छविलाल बुढाथोकीको एक तले कच्ची गोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
