गाउँमा पसेको चितुवालाई सुरक्षित बासस्थानमा छाडियो

नियन्त्रणमा लिइएको चितुवालाई सुरक्षित बासस्थानमा छोडिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए ।

कार्तिक ५, २०८२

रामप्रसाद चौहान 

Leopard that entered village released into safe habitat

बर्दिया — गाउँमा पल्किएको चितुवालाई नियन्त्रणमा लिइएको छ । बाँसगढी नगरपालिका–९ थुमनीबाट गाउँमा पसेको चितुवालाई मंगलबार राति नियन्त्रणमा लिइएको हो । 

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको छ । उक्त चितुवाले गाउँमा पसेर पशुचौपायामाथि आक्रमण गर्दै आएको थियो । 

बाँसगढी नगरपालिका–९ थुमनी दक्षिण टोल बेलघारी मध्यवर्ती सामुदायिक वनसँगै जोडिएको क्षेत्रमा राखिएको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सूर्य खड्काले बताए । 

नियन्त्रणमा लिइएको चितुवालाई सुरक्षित बासस्थानमा छोडिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully