उनी हिजोदेखि घर नआएको र खोज्दै जाँदा लडेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष नेपालीले बताए ।
गुल्मी — गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका-६ रजस्थल नियालपानीका ६३ वर्षीय मिनबहादुर घर्ती रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार, घटनास्थलमा स्थानीय प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
यतिबेला घटनास्थल सुरक्षित गरि प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष कृष्णबहादुर नेपालीले हिजो साँझ गाउँबाट घर फर्कने क्रममा लडेको हुन सक्ने अनुमान गरेका छन् ।
उनी हिजोदेखि घर नआएको र खोज्दै जाँदा लडेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष नेपालीले बताए । ६३ वर्षीय मिनबहादर गाउँमा सैतबहादुरको नामले चिनिन्थे ।
