नेपालगन्ज उपमहानगरपालिका–१९ सुर्जेगाउँस्थित एक घरमा जडान गरिएको इन्भर्टरको तार छुटाउने क्रममा रोहित बढैलाई करेन्ट लागेको थियो।
नेपालगञ्ज — इन्भर्टरको तार छुटाउने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। खजुरा गाउँपालिका–७ चाइना भट्टा निवासी २४ वर्षीय रोहित बढैको शनिबार निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१९ सुर्जेगाउँस्थित एक घरमा जडान गरिएको इन्भर्टरको तार छुटाउने क्रममा बढैलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
