पूर्वी नवलपरासीमा ३८ किलोको अजिंगरको उद्धार

नेपालमा लोपोन्मुख र संरक्षित जनावरमा पर्ने उक्त अजिंगरलाई मध्यवर्ती समूहमार्फत चितवन राष्ट्रिय निकुञ्जलाई बुझाइएको छ ।

आश्विन २९, २०८२

नवीन पौडेल

Rescue of 38 kg python in East Nawalparasi

परासी — पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ बाट करिब ३८ किलोको अजिंगर उद्धार गरिएको छ । 

सीताराम मन्दिर नजिकै स्थानीयले ठूलो अजिंगर देखेपछि सर्प उद्धारकर्ता दुर्गा लामिछानेलाई खबर गरेका थिए ।

अजिंगर १२ फुट लामो छ । नेपालमा लोपोन्मुख र संरक्षित जनावरमा पर्ने भएकाले मध्यवर्ती समूहमार्फत चितवन राष्ट्रिय निकुञ्जलाई उक्त अजिंगर बुझाइएको छ । यो क्षेत्रमा ससाना अजिंगर देखिए पनि आहारा नखाएको समयमा करिब ३८ किलोको अजिंगर भने पहिलोपटक उद्धार गरिएको हो । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully