सात कट्ठा जग्गामा धान बाली रहेको खेतमा मंगलबार मध्यरातमा आगजनी गरिएको थियो ।
बर्दिया — मधुवन नगरपालिका–९ गाउँ नम्बर १२ काशीपुरस्थित खेतमा रहेको धानबालीमा अज्ञात समूहले आगजनी गरेका छन्।
सोही ठाउँकाली शेरबहादुर खड्काको खेतमा विरकखत्रीले बटैया गरेको खेतमा आगो लगाई पूर्णरुपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरक्षक भुपेन्द्र शाहीले बताए।
सात कट्ठा जग्गामा धान बाली रहेको खेतमा मंगलबार मध्यरातमा आगजनी गरिएको थियो । 'आगजनीबाट करिब १० क्वीन्टल धान झण्डै ४३ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ उनले भने,‘आगजनी गर्ने मानिसको पहिचान खुल्न सकेको छैन, प्रहरीले आगजनीको खोजी कार्य जारी राख्दै अनुसन्धान गरिरहेको छ।'
बटैया लगाएर श्रम गरी जीवन निर्वाह गर्दे आएकी किसान खत्रीको वर्षभरिको परिश्रम खेर गएको छ ।
