लुम्बिनी क्षेत्रका चरा, जैविक विविधता, पर्यापर्यटन, भिलेज टूर र बृहत्तर लुम्बिनी गुरुयोजना क्षेत्रका आध्यात्मिक र शान्ति क्षेत्रको आईटनरी बनाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनी संचालन गरिएको सीईओ अर्जुन कुर्मीले बताए ।
लुम्बिनी — चरा र आध्यात्मिक पर्यटनका क्षेत्रमा नयाँ आयाम थप्न लुम्बिनीमा सारस लुम्बिनी टुर्स एण्ड ट्राभल कम्पनी संचालनमा आएको छ ।
नेपाल–भारत थाई धम्मदूत भिक्षु एसोसिएसनका उपाध्यक्ष फ्रा राजबोधी विदेश बजिराबुद्धिले बौद्ध परम्परा अनुसार शुक्रबार उक्त कम्पनीको उद्घाटन गरेका हुन् ।
लुम्बिनी क्षेत्रका चरा, जैविक विविधता, पर्यापर्यटन, भिलेज टूर र बृहत्तर लुम्बिनी गुरुयोजना क्षेत्रका आध्यात्मिक र शान्ति क्षेत्रको आईटनरी बनाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनी संचालन गरिएको सीईओ अर्जुन कुर्मीले बताए ।
‘नाफाभन्दा पनि सेवा भावले घाास, वन, रैथानैसँगै सिकारी चराका लागि विश्वकै उत्कृष्ट स्थल रहेको देखाउनुछ,’ उनले भने, ‘त्यही भएर कम्पनीको नाम पनि विश्वकै दुर्लभ चरा सारसबाट राखेको हुँ ।’
विश्व शान्तिको मुहान लुम्बिनीमा पर्यटकलाई सहज, सरल रूपमा प्रभावकारी सेवा दिएर पर्यटन प्रवर्द्धन गर्न कम्पनी संचालन गरिएको उनले बताए ।