जेलबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदीले गरे अर्को ज्यान मार्ने प्रयास

हतियार प्रहारबाट घाइतेको जाहेरीका आधारमा प्रहरीले उनलाई शनिबार राति दंगीशरण गाउँपालिका–२ सातखुटीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।

आश्विन २०, २०८२

दुर्गालाल केसी

Another murder attempt was made by a convict who escaped from prison

दाङ — कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका तुलसीपुरका एक कैदीले जेलबाट भागेर फेरि अर्को ज्यान मार्ने प्रयास गरेका छन् ।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाका २२ वर्षीय खिमबहादुर विकले असोज ११ गते राति स्थानीय ५३ वर्षीय पुरुषमाथि धारीलो हतियार प्रहार गरेका थिए । 

हतियार प्रहारबाट घाइतेको जाहेरीका आधारमा प्रहरीले उनलाई शनिबार राति दंगीशरण गाउँपालिका–२ सातखुटीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।

विकलाई कारागार कार्यालय तुलसीपुरमा बुझाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully