पाल्पाको हुँगीमा कार दुर्घटनाहुँदा ६ जना घाइते

सडक छेउको ढुंगामा ठोक्किएर कार पल्टिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

आश्विन २०, २०८२

माधव अर्याल

6 people injured in a car accident in Hungi, Palpa

पाल्पा — कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–१, हुँगी संगाहामा भएको कार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँच जनाको अवस्था सामान्य छ ।

रूपन्देहीको सोनौलीदेखि पाल्पाको रामपुरतर्फ जाँदै गरेको बा १९ च ६६६१ नम्बरको कार दुर्घटनामा परेको हो । 

घाइतेहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । सडक छेउको ढुंगामा ठोक्किएर कार पल्टिएको प्रारम्भिक अनुसन्धानमा देखिएकाले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully