श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

छायादेवीले ६४ वर्षीय श्रीमा्न ढाललबहादुर चौधरीलाई शनिबार राति विवादका क्रममा लाइटले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आश्विन १९, २०८२

दुर्गालाल केसी

Wife arrested for murdering husband

दाङ — श्रीमान्‌को हत्या आरोपमा प्रहरीले घोराहीमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ चितुवाटारीकी ६२ वर्षीया छायादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

छायादेवीले ६४ वर्षीय श्रीमा्न ढाललबहादुर चौधरीलाई शनिबार राति  विवादका क्रममा लाइटले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

छायादेवीलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully