वायुसेवा निगमको चार्टर्ड उडान सोमबार दिउँसोमात्रै

नेपाल वायुसेवा निगमले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरेर समस्यामा परेका यात्रुको उद्धारका लागि सोमबार दिउँसो १ बजे न्यरोबडी जहाज भैरहवा अवतरण गर्ने र यहाँबाट यात्रु लिएर २ बजेर ४५ मिनेटमा काठमाडौं फर्किने जनाएको छ ।

आश्विन १९, २०८२

दीपेन्द्र बडुवाल

Chartered flight of the airline on Monday afternoon only

भैरहवा — बाढी, पहिरो र विपदका कारण रुपन्देहीलगायत जिल्लामा अलपत्र यात्रुको उद्धारका लागि नेपाल एयरलाइन्सको न्यरोबडी जहाजले चार्टर्ड उडान सोमबार दिउँसोमात्रै गर्ने भएको छ ।

 नेपाल वायुसेवा निगमले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरेर समस्यामा परेका यात्रुको उद्धारका लागि सोमबार दिउँसो १ बजे न्यरोबडी जहाज भैरहवा अवतरण गर्ने र यहाँबाट यात्रु लिएर २ बजेर ४५ मिनेटमा काठमाडौं फर्किने जनाएको छ । विपदका कारण यातायात सञ्चालन नभएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु र स्थलमार्गबाट राजधानी काठमाडौं पुग्न नसकेका यात्रुको उद्धारका लागि आइतबार राति ९ का लागि चार्टर्ड उडान तय गरिएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अलपत्र यात्रुलाई सुविधा पुर्‍याउन पर्यटन मन्त्रालय, नागरिक उड्यन प्राधिकरण र सरोकारवाला निकायसित सरोकार गरेर आइतबार राति ९ बजे एयरबस ३२० बाट काठमाडौं–भैरहवा–काठमाडौं उडान सुनिश्चित गरिएको जनाएका थिए ।

दीपेन्द्र बडुवाल

Link copied successfully