शनिबार साँझ ७ बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताएका छन् ।
नेपालगन्ज — बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।शनिबार साँझ ७ बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार साँझदेखि डुडवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर १५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर २३ को भज्जीपुरुवा, जंगलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर ५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ ।
शुक्रबार दुर्गा मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । उल्लेखित क्षेत्रहरूमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
