पानी परेपछि राजमार्ग अवरुद्ध हुने र सम्भावित जोखिम कम गर्न सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।
परासी — असोज १७ गतेदेखि २० गतेसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढी, डुबान, पहिरो, भू–क्षय लगायतका प्राकृतिक विपद् आउन सक्ने भन्दै अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै परे आवागमनमा उच्च सावधानी अपनाउन आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेद्वारा जारी सूचनामा लामो दुरीका यात्रुबस तथा मालवाहक सवारी साधन सञ्चालनमा सावधानी अपनाउन भनिएको छ । कुनै पनि विपद् सम्बन्धी घटना भएमा स्थानीय तह, प्रहरी, प्रशासन वा सुरक्षासँग सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।
जिल्लामा शुक्रबार ४ बजेसम्म भारी वर्षा नभएपनि बादलले आकाश ढाकेको छ ।
पानी परेपछि राजमार्ग अवरुद्ध हुने र सम्भावित जोखिम कम गर्न सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।
