बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राजापुर हुँदै गुलरियातर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल दुर्घटनामा हुँदा पछाडि सवार रहेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आश्विन १५, २०८२

कमल पन्थी

One person died in a motorcycle accident in Bardia

बर्दिया — मधुवन नगरपालिका–६ स्थित गाउँ नम्बर ४ हुलाकी सडकमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि बस्ने राजापुर नगरपालिका–४ अनन्तपुरका ४९ वर्षीय प्रदीप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी देवेन्द्र मल्लले जनाए । 

गम्भीर अवस्थामा रहेका जिसीको जिल्ला अस्पताल गुलरियामा उपचारको लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बतायो ।

चालक त्यही ठाउँका ३० वर्षीय तिलक पुरीको अवस्था सामान्य रहेको छ । लु प्र ०३००१प २०३१ नम्बरको मोटरसाइकलमा राजापुर हुँदै गुलरियातर्फ आउँदै गरेको अवस्थामा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully