गुल्मीमा बस दुर्घटना हुँदा १५ जना घाइते

बस घुम्तीमा कन्ट्रोल हुन नसकेर सडक नजिकै दुर्घटनामा परेको थियाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आश्विन १३, २०८२

सन्तोष महतारा

15 injured in bus accident in Gulmi

गुल्मी — सदरमुकाम तम्घासबाट अर्जै जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गत रेसुंगा नगरपालिका-४ मा लु १ ख ७७७६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

घाइतेको अवस्था सामान्य रहेको छ । उनीहरूकाे गुल्मी अस्पतालमा उपचार भइरहेको छ । बस घुम्तीमा कन्ट्रोल हुन नसकेर सडक नजिकै दुर्घटनामा परेको थियाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुटवलबाट दसैं मनाउनका लागि अर्जै आउँदै गरेका यात्रु दुर्घटनामा परेका थिए । 

सन्तोष महतारा

Link copied successfully