नवयुवा दुर्गा पूजा समिति खुनगाईका युवाहरूले खुनगाई बजार क्षेत्र सरसफाइ गरेर चिरिच्याट्ट बनाएका हुन् ।
लुम्बिनी — विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाई बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।
नवयुवा दुर्गा पूजा समिति खुनगाईका युवाहरूले शनिबार बिहान भारतबाट लुम्बिनी प्रवेश गर्ने नाकाका रूपमा रहेको खुनगाई बजार क्षेत्र सरसफाइ गरेर चिरिच्याट्ट बनाएका हुन् ।
पर्यटकसँगसँगै दसैंका बेला सहरबजार सुन्दर र राम्रो देखियोस् भनेर सरसफाइ गरिएको स्थानीय अर्जुन कुर्मीले बताए । बिहान करिब दुई घण्टा स्थानीय युवा र प्रहरी चौकी कालीदहका जवानले सरसफाइ गरेर जम्मा गरेको फोहर नष्ट गरेका थिए ।
