बबई नदीमा बेपत्ता दुई बालिकाको अवस्था अझै अज्ञात,  मोटरबोटबाट खोजी हुँदै

सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बेपत्ता हुनेमा गुलरिया नगरपालिका–२ संगमबस्तीकी १२ वर्षीया दुर्गा शाही र १२ वर्षीया निशानी थापा रहेको बताए ।

आश्विन ७, २०८२

कमल पन्थी

The condition of the two missing girls in the Babai river is still unknown, the search is being carried out by motorboat

बर्दिया — बर्दियाको बबई नदीमा नुहाउने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका दुई बालिकाको अवस्था मंगलबार विहानसम्म पत्ता लाग्न सकेको छैन । 

स्थानीय र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन् । सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बेपत्ता हुनेमा गुलरिया नगरपालिका–२ संगमबस्तीकी १२ वर्षीया दुर्गा शाही र १२ वर्षीया निशानी थापा रहेको बताए ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल ३१ नम्बर गण र नेपाल प्रहरीको उद्धा टोली घटनास्थलमा सोमबारदेखि खटिएको छ । मोटर बोटबाट खोजी भइरहेको उनले जानकारी दिए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully