बबईमा नुहाउन गएका चार जना बालिकामध्ये दुई जना नदीमा बेपत्ता भएका हुन् ।
बर्दिया — बबई नदीमा नुहाउने क्रममा सोमबार दिउँसो दुई बालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका–२ संगमबस्तीका दुवै जना १२ वर्षको भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बेपत्ता हुनेमा सोही ठाउँकी १२ वर्षीया दुर्गा शाही र निशानी थापा रहेको बताए ।
बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल ३१ नम्बर गण र नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक शाहीले जनाए । साँझ परेकोले उद्धार कार्य मंगलबार बिहानदेखि हुने उनले जनाए ।
बबईमा नुहाउन ४ जना बालिका गएकामध्ये २ जना बेपत्ता भएको जानकारी आफूले पाएको वडा नम्बर २ का वडा अध्यक्ष टंक अधिकारीले बताए ।
