यतिका धेरै गोलीका खोका उनीहरुले कहाँबाट ल्याए भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
काठमाडौँ — बाँकेको नेपालगन्ज-३, एकलैनीमा चोरी गर्न लागेका २ जनालाई स्थानीयले पक्राउ गरेका छन् ।
उनीहरुको साथबाट स्थानीयले दुई हजार ९७ गोलीका खोका र अन्य केही हातहतियार बरामद गरेका छन् । स्थानीयले उनीहरूलाई वडा प्रहरी कार्यलयमा बुझाएका छन् ।
स्थानीयका अनुसार पक्राउ परेकाहरुले बोकेको बोराबाट त्यतिका धेरै गोलीका खोका भेटिएका हुन् । वडाध्यक्ष अय्युब सिद्दिकीले पक्राउ परेकामध्ये एकजना बर्दियाका र अर्का भारत बाबागन्जका रहेको बताए ।
जिल्ला प्रहरी कार्यलय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले यतिका धेरै गोलीका खोका उनिहरुले कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको बताए ।
