तोडफोड र आगजनी गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री आचार्य

क्षतिग्रस्त संरचनाहरु शनिबार निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले आन्दोलनका नाममा विध्वंसकारीशैली अपनाउने जोकसैलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।

आश्विन ४, २०८२

शमशेरविक्रम जीसी

Violation and arson will be punished: Chief Minister Acharya

प्यूठान — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका नाममा आगजनी र तोडफोड गर्नेलाई कारबाही गरिने बताएका छन् ।

क्षतिग्रस्त संरचनाहरु शनिबार निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले आन्दोलनका नाममा  विध्वंसकारीशैली अपनाउने जोकसैलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् । 

राष्ट्रिय जनमोर्चा प्यूठानको पार्टी कार्यालयको निरीक्षण गर्दै उनले आन्दोलनको उद्देश्य एकातिर भए पनि केही समूह आगजनी र तोडफोडमा उत्रिएको भन्दै त्यस्ता समूहलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे । 

भदौ २३ र २४ गते जेन-जी समूहको आन्दोलनका क्रममा प्रदर्शनकारी, प्रहरीलगायतको मृत्यु हुनुका साथै सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको र त्यसले राष्ट्रलाई कमजोर बनाएको मुख्यमन्त्री आचार्यले बताए । उनले प्यूठानमा रहेका एमाले, कांग्रेस, जनमोर्चालगायतका पार्टी कार्यालयको निरीक्षण गरे । 

जेन-जी आन्दोलनका क्रममा प्यूठानमा प्रदर्शनकारीले विभिन्न पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । सार्वजनिक सम्पत्तिमा कुनै पनि क्षति नभएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

शमशेरविक्रम जीसी जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully