खसीबोकाको मोलमोलाइ क्रममा विवाद हुँदा व्यापारीको मृत्यु

प्रहरीले झडपमा संलग्न भएका ४ जनालाई पक्राउ गरेको छ ।

आश्विन ४, २०८२

रुपा गहतराज

A businessman died during a dispute during the sale of Khasiboka

नेपालगन्ज — नेपालगन्जमा ग्राहक र बिक्रेताबीच विवादपछि झडप हुँदा एकको ज्यान गएको छ । नेपालगन्ज-५ बेहनाटोलमा भएको झडपमा खसीबोका व्यापारीको मृत्यु भएको हो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार मृत्यु हुनेमा स्थानीय ५२ वर्षिीय जागीरअलि बेहना रहेका छन् । खसीबोकाको मोलमोलाइ क्रममा विवाद बढ्दै जाँदा झडप भएको र बेहनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीहरू साला-भेना रहेको स्थानीयले बताएका छन् । प्रहरीले झडपमा संलग्न भएका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully