दाउन्नेमा पहिरो खस्दा यातायात अवरुद्ध

पहिरो हटाउने काम भइरहे पनि पानी परिरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

आश्विन ३, २०८२

नवीन पौडेल

Traffic blocked due to landslides in Downe

परासी — पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो  खसेको छ । विनयी  त्रिवेणी गाउँपालिका-२ पैंसठ्ठी मोड नजिकै पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण दुई दिनयता एकतर्फी मात्र यातायात सञ्चालन भएको सडकमा पहिरो खसेपछि यात्रु अलपत्र परेका छन् । पहिरो हटाउने काम भइरहे पनि पानी परिरहेकाले सडकको अवस्था राम्रो नहुँदा  वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले बताए । 

दाउन्नेमा पानीको निकास नहुदा वर्षाको पानी सडकमा नै बग्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ । 

हरेक वर्ष यही समस्या दोहोरिँदा पनि सडक विभाग र सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कर्पोरेसनले समस्या समाधानमा चासो नदिँदा यात्रुले सास्ती भोग्दै आएका छन्  ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully