‘तेस्रो ज्योतिपुञ्ज कप’ फुटबल प्रतियोगिता स्थगित 

जेन-जी आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण हाललाई स्थगित भएको ज्योतिपुञ्ज युवा क्लबले विज्ञप्तिमार्फत जानकारी गराएको हो । 

आश्विन १, २०८२

माधव अर्याल

”Third Jyotipunj Cup” football tournament postponed

पाल्पा — पाल्पा रामपुरमा असोज ३ गतेदेखि ११ गतेसम्म आयोजना गर्ने भनिएको ‘तेस्रो ज्योतिपुञ्ज कप’ खुल्ला फुटबल प्रतियोगिता स्थगित भएको छ । जेन-जी आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण हाललाई स्थगित भएको ज्योतिपुञ्ज युवा क्लबले विज्ञप्तिमार्फत जानकारी गराएको हो । 

देशको अवस्था सामान्य नभएकोले यस्तो समयमा प्रतियोगिता आयोजना गर्नु सान्दर्भिक नहुने क्लबका अध्यक्ष सुन्दर राना र खेल संयोजक अनिल शाही ठकुरीले जारी गरेको विज्ञप्तिमा जनाएको छ । स्थिति सहज भएपछि प्रतियोगिताको नयाँ मिति छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

पाल्पाको रामपुरमा ‘रंगशाला’ निर्माण गर्ने महाअभियानसहित ‘तेस्रो ज्योतिपुञ्ज कप’ खुल्ला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको थियो । रामपुर नगरपालिका–७, किसानबारीस्थित क्लबले ‘तेस्रो ज्योति पुञ्ज कप २०८२’ फुटबल प्रतियोगिता किसानबारी खेलमैदानमा आयोजना गर्न लागेको हो । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully