पूर्वी नवलपरासीको कावासोती, पश्चिम नवलपरासीको बर्दघाट र सदरमुकाम परासीमा विभिन्न संघसंस्था र राजनीतिक दलले शोकसभासहित दिप प्रज्वलन गरेका हुन् ।
परासी — जेनजी आन्दोलनको क्रममा सहादत प्राप्त गरेकाहरुको सम्झनामा पश्चिम र पूर्वीनवलपरासीका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।
पूर्वी नवलपरासीको कावासोती, पश्चिम नवलपरासीको बर्दघाट र सदरमुकाम परासीमा विभिन्न संघसंस्था र राजनीतिक दलले शोकसभासहित दिप प्रज्वलन गरेका हुन् । कावासोतीमा नेपाल रेडक्रस सोसाइटी, सामुदायिक प्रहरी सेवा केन्द्रले दिप प्रज्वलन गरेको थियो ।
परासीमा संघीय लोकतान्त्रिक मोर्चा नवलपरासीले श्रद्धाञ्जली कार्यक्रममा आयोजना गरेको थियो । ठुला राजनीतिक दलले जनचाहनाअनुसार काम गर्न नसक्दा युवाहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताए ।
