बर्दियामा आजदेखि कर्फ्यु हटाइयो, साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा

भाद्र २९, २०८२

कमल पन्थी

बर्दिया — बर्दियामा जनजीवन सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएको छ । तर सदरमुकाम गुलरियाको केही सीमित ठाउँमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा लागु गरेको छ ।

निषेधाज्ञाका समयमा ५ जनाभन्दा बढी भेला हुने, जुलुस प्रदर्शन गर्ने लगायत सभा गर्न रोक लगाइएको छ । यसैबीच गुलरिया लगायत बर्दियामा जनजीवन सामान्य बन्दै गएको छ । शुक्रबारदेखि सरकारी कार्यालय, वित्तिय संस्थाहरु सञ्चालनमा आएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आइतबारबाट जिल्लाभरका सबै विद्यालय सञ्चालनमा आएका बताए। जिल्लाको अवस्था सुधार हुँदै गएपनि सुरक्षा व्यवस्था कडा पारिएको उनको भनाइ छ। सार्वजनिक, निजी सवारी साधनपनि सञ्चालनमा आएका छन्। 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully