पुलबाट खसेर मजदुरको मृत्यु

भाद्र २९, २०८२

नारायण शर्मा

नवलपरासी–महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको देवचुलीमा पुलबाट खसेर गएराति एक मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीवाट दुम्कौली स्थित चौधरी उद्योगग्राम जाँदै गरेका ३२ वर्षका चुनबहादुर सुनारीको बौलाह खोला पुलबाट खसेर शनिबार राति मृत्यु भएको हो । 

उनी घरबाट मोटरसाइकलमा चौधरी उद्योगमा काम गर्न जाँदै थिए । देवचुली नगरपालिका वडा नम्बर १३ स्थित बौलाह खोलाको रेलिंगमा मोटरसाइकल अनियन्त्रित भै आफै पल्टिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल ठोक्किँदा उनी खोलामा खसेका थिए । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully