परासी — जेनजी आन्दोलन र प्रदर्शनको क्रममा जिल्लामा भएको क्षतिको मूल्यांकनको यकीन विवरण संकलन गर्न समिति गठन भएको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यलय, सरकारी वकिल, कोष तथा लेखा नियन्त्रक, स्थानीय तहका प्रतिनिधि छन् ।
समितिले आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण संकलन गरी प्रतिवेदन तयार गर्नेछ ।
जिल्लामा सरकारी, गैसरकारी तथा निजी गरेर ३५ भन्दा बढी भवन तथा सामानमा तोडफोड भएको छ ।
