बारबर्दियामा वडा कार्यालय तोडफोड गर्ने तीन जना पक्राउ

भाद्र २८, २०८२

कमल पन्थी

बर्दिया — जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा बारबर्दिया नगरपालिका–२ को वडा कार्यालय तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरिएको छ । n

बिहीबार राति वडा कार्यालय तोडफोड गरेका ६ जनामध्ये अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।

nप्रहरी उपरीक्षक सरोज पौडेलले पक्राउ पर्नेमा सोही ठाउँका टोपबहादुर सिजाली,शङ्कर थारु र सञ्जीव चौधरी रहेको बताए । उनीहरू कुनै पार्टीसँग संलग्न नभएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।

पक्राउ परेकाहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ परेकाले अन्यत्र तोडफोड भएकोले बर्दियामा उपस्थिति देखाउन उक्त कार्य गरेको प्रहरीमा बयान दिएका छन् ।

nयसैबीच गुलरियास्थित गुलरिया नगरपालिका, सांसद सञ्जय गौतमको घर, नेपाली कांग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेकाको खोजी कार्य भइरहेको प्रहरी प्रशासनले जनाएको छ । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully