रुपन्देहीका विद्यालय आइतबारदेखि सञ्चालनमा आउने

भाद्र २८, २०८२

सन्जु पौडेल

तिलोत्तमा — जनजीवन सामान्य हुँदै गएपछि रुपन्देहीका विद्यालय आइतबार (भोलि) बाट नियमित रूपमा सञ्चालनमा आउने भएका छन् । जेनजीको आन्दोलनका कारण बन्द भएका विद्यालय सञ्चालनमा आउने भएका हुन् ।

शनिबार प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाल, नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडे र हिसानका अध्यक्ष कृष्णबहादुर न्यौपानेले संयुक्त रूपमा विज्ञप्ति जारी गरी विद्यालय सञ्चालन हुने बताएका हुन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully