दाङमा पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी

पार्टी नेताहरूका घरमा पनि लक्षित गरी प्रदर्शन भएका छन् । घोराहीस्थित कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा पूर्व प्रदेश स्वास्थ्य मन्त्री राजु खनालको घरमा पसेर प्रदर्शनकारीले कांगेस पार्टीको झण्डा निकालिदिएका छन् ।

भाद्र २४, २०८२

दुर्गालाल केसी

Vandalism and arson of party offices in Dang

दाङ — प्रदर्शनकारी युवा र विद्यार्थीहरूले घोराहीमा पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका छन् । नाराबाजी गर्दै पुगेका प्रदर्शनकारीले मंगलबार कांग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।

यसैगरी पार्टी नेताहरूका घरमा पनि उनीहरुले लक्षित गरी प्रदर्शन गरेका छन् । घोराहीस्थित कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा पूर्व प्रदेश स्वास्थ्य मन्त्री राजु खनालको घरमा पसेर कांगेस पार्टीको झण्डा निकालिदिएका छन् ।

यसैगरी तुलसीपुर बजारमा पनि प्रदर्शन भइरहेको छ । बजारमा विभिन्न समूह बनाएर युवाहरु सडकमा निस्किरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । स्वतस्फुर्तरूपमा युवा विद्यार्थीहरू बजारका विभिन्न भागमा सडकमा निस्किएपछि प्रहरीलाई नियन्त्रण गर्न समस्या भएको हो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully