सहरका विभिन्न ठाउँबाट युवाहरू स्वस्फुर्त पनि सडकमा निस्किएका छन् । उनीहरूले सरकार र प्रहरीविरूद्ध चर्का नारा लगाएका थिए ।
दाङ — युवा विद्यार्थीहरुले जिल्लाका विभिन्न ठाउँमा मंगलबार बिहानैदेखि प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भएको प्रहरी दमनको विरोधमा घोराहीका विभिन्न कलेजका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
सहरका विभिन्न ठाउँबाट युवाहरू स्वस्फुर्त पनि सडकमा निस्किएका छन् । उनीहरूले सरकार र प्रहरीविरूद्ध चर्का नारा लगाएका थिए ।
राष्ट्रिय झण्डा र प्लेकार्ड बोकेका युवाहरूले बजार परिक्रमा गरे ।
शोकमा जिल्लाका सबै निजी विद्यालय बन्द छन् । केही सामुदायिक विद्यालय भने खुलेका छन् ।