बिहानैदेखि युवाको समूहले कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय तोडफोड गरेपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।
अर्घाखाँची — बिहानैदेखि युवाको समूहले कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय तोडफोड गरेपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा कर्फ्यु जारी गरेको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय, बजार क्षेत्रमा विरोध गरेका छन् ।
बिहानैदेखि युवाको समूहले कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय तोडफोड गरेपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा कर्फ्यु जारी गरेको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय, बजार क्षेत्रमा विरोध गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा फुदवाङ, गच्छे बजार, सन्धिखर्क चुत्रावेशीसहित बाहुनडाँडा, बिहार, बेलवाटीकालगायत आसपास क्षेत्रमा मंगलबार दिउँसो साढे १ बजेदेखि बुधबार राति १० बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।
उक्त क्षेत्रमा भेला, बैठक, जुलुस, सभा र आवतजावत नगर्न भनिएको छ ।
