हरी टोलीले चेक गर्ने क्रममा ३५ वर्षीय इरसाद परबेजको घरबाट भकारीमा लुकाइराखिएको १० लाख २० हजार रुपैयाँ बरामद गरेको हो।
तिलोत्तमा — रुपन्देही प्रहरीले लागुऔषधको कारोबारीलाई पछ्याउने क्रममा अवैध रूपमा भकारीमा लुकाइएको १० लाख बढी रकमसहित विभिन्न प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।
रोहिणी गाउँपालिका वडा नं. ६ ललितपुर पकडिहवामा लागुऔषध कारोबार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक गर्ने क्रममा ३५ वर्षीय इरसाद परबेजको घरबाट भकारीमा लुकाइराखिएको १० लाख २० हजार रुपैयाँ बरामद गरेको हो।
त्यसअघि परबेजलाई ओमसतिया गाउँपालिका वडा नं. ४ पननीबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा फेला पारी चेक गर्दा मोटरसाइकलको बायाँतर्फको लेग गार्डमा कालो प्लास्टिकमा बेरी राखेको डाइजोपाम इन्जेक्सन ९८ एम्पुल, बुप्रेनोफिन इन्जेक्सन ९६ एम्पुल, प्रोमेथाजिन इन्जेक्सन ९९ एम्पुल गरी जम्मा २९३ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।
